कञ्चनपुर प्रहरीले गर्याे ८ लाख बढिकाे भन्सार छलीका समान बरामद्

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट भन्सार छली गरी ल्याएका ८ लाख  भन्दा बढी मूल्यका समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले जिल्लाका विभिन्न स्थानबाट भान्सार छली गरेर ल्याएका समान बरामद गरेको हो । समानसंगै एक मोटरसाइकल पनि बरामद गरेको छ ।

विभिन्न मितिमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ७ लाख ३५ हजार, इलाका प्रहरी दोधाराले ७२ हजार ८ सय, प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थायी प्रहरी बिट मझगाउँले ६ हजार १ सय रुपैँया बराबरको गरी जम्मा ८ लाख २२ हजार ७ सय ६० रुपैँयाको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बरामद गरिएका समानहरूमा किराना र अन्य रहेकाे छन् । आवश्यक कार्वाहीका लागि समान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर  पठाइएको छ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *