सशस्त्र प्रहरीसँग मेराे पुरानो साइनो छ : गृहमन्त्री लेखक

मुख्य खवर राजनीति विशेष समाचार

लेकेद्र भट्ट/काठमाडौं-गृहमन्त्री रमेश  लेखकले सशस्त्र प्रहरीसँग आफ्नाे पुरानो साइनो छ भएकाे बताउनु भएकाे छ । सशस्त्र प्रहरी बल नेपालकाे केन्द्रीय कार्यालय हलचाेकमा निरीक्षणका लागि पुग्नु भएका गृहमन्त्री लेखकले यस्ताे बताउनु भएकाे हाे ।

२३ बर्षअघि सशस्त्र प्रहरी बलकाे जन्म अध्यादेशबाट भएकाे स्मरण गर्दै गृहमन्त्री लेखकले उक्त अध्यादेश संसदबाट पारित बताउनुभयाे ।

सशस्त्र प्रहरी स्थापनाबारे अध्ययन गर्न स्वर्गीय सुवासचन्द्र नेम्वाङकाे नेतृत्वमा बनेकाे समितिमा कांग्रेसबाट सदस्यका रुपमा सहभागी भइर काम गरेकाे उहाँको भनाइ छ । “सशस्त्र प्रहरीकाे स्थापना भएकाे केही समयपछि देशमा द्वन्द सुरु हुँदा सशस्त्र प्रहरीले प्रमुख भूमिका मुख्य रह्याे । नेपालकाे सुरक्षा बलकाे शक्तिले शान्ति सम्झाैता भयाे । सबैभन्दा पछि जन्मकाे संगठनले सबैभन्दा धैरे याेग्दान गर्याे,” गृहमन्त्री लेखकले भन्नुभयाे ।

सशस्त्र प्रहरी बलकाे सुदृढीकरण र वृद्ध विकासका लागि गृह मन्त्रालय साथमा रहने पनि उहाँले बताउनुभयाे ।”राजश्व चुहावट राेक्न यहाँहरुकाे ठूलाे याेग्दान छ । प्राकृतिक प्रकाेप सशस्त्र प्रहरीकाे भूमिका प्रशंसा गर्न लायक छ ।

स्राेत र साधानकाे अभाव छ । मन्त्रालयले बढी बढी भन्दा स्राेत सनधान व्यवस्था गर्न लागिपरेको छ । मित्र राष्ट्रका जिम्मेवार  व्यक्तिसँग कुराकानी भएकाे छ , ” उहाँले भन्नुभयाे ।

यस्तै सरकारकाे अहिलेकाे प्राथमिकता सुरक्षा निकायका कानुनलाई समसमायिक संशोधन गर्ने रहेकाे गृहमन्त्री लेखककाे भनाइ छ ।

निरीक्षण कार्यक्रममा गृह सचिव एक नारायण  अर्यालले सशस्त्र प्रहरी बल नेपालकाे साथमा  गृह मन्त्रालय साथमा रहने बताउनु भयाे । “सशस्त्र प्रहरी बल नेपालकाे कानुन छिट्टै संसदमा पेस हुन्छ ।

सीमित साधान र स्राेतका बिचमा  सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा तदारुकता देखाएकाे छ । आन्तरिक र बाह्य चुनाैति छन् । यसमा उच्च मनाेबलका साथ काम गर्नु हुने छ,” उहाँले भन्नुभयाे ।

अहिले  विपतकाे समय भएकाे भन्दै सशस्त्र प्रहरीलाई दुई महिना बढी खट्नु आग्रह गर्नुभयाे । सशस्त्र प्रहरीका लागि भारत, चीन र अमेरिकाबाट उच्च तहकाे प्रविधि आउने काम भइरहेकाे बताउनु भयाे ।

सचिव अर्यालले संगठनलाई बदनाम गराउने क्रियाकलाप नगर्न भन्दै सुरक्षा निकायमा चेन अफ कमान्डलाई फलाे गर्नुपर्ने बताए । “सशस्त्र प्रहरीकाे फुलीकाे गाैरव राखी जनताकाे सुरक्षा गर्नु हाेला,” उहाँले भन्नुभयाे ।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नाे काममार्लत जन-मनमा बस्न सफल भएकाे भएकाे बताउनुभयाे । सरकारले आफूहरूप्रति राखेकाे विश्वासलाई काम राखि काम गर्ने उहाँको भनाइ थियाे । सीमा सुरक्षा बलसँग सम्बन्धि कानुनमा सुधारकाे आवश्यकता रहेकाे अर्यालले बताउनु भयाे ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *