काठमाडाैं- गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्वबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत श्रीवास्तवले प्राकृतिक प्रकोपमा सहयोग गर्नै प्रतिवद्धता व्यक्त गरेका छन् ।
गत असार अन्तिम साता चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउन भारत सरकार सकरात्मक रहेको राजदूत श्रीवास्तवको भनाई थियो ।
विज्ञापन

कोरोना कहरपछि भारतका सीमानाकाबाट नेपाल प्रवेशस गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउनेमा विषयमा सकरात्मक छलफल गृह मन्त्रालय जनाएको छ ।
गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबिच सीमा व्यवस्थापन तथा अन्तर सीमा अपराधमा देखिएका चुनौतीहरुलाई निकायगत समन्वय गर्दै जाने बिषयमा छलफल भएकाे थियाे।
त्यसका साथै भारतीय लगानीमा सञ्चालन भइरहेको आयोजनाहरुलाई निर्धारित समयभित्र सम्पन्न गर्न देखा परेका चुनाैतिलाईआपसी समन्वय र समझदारीमा सामना गरिने विषयमा गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

