रमेश प्रसाद भट्ट/महेन्द्रनगर-कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाकाे मृत्युु भएकाे छ । जिल्ला सदरमुकाम महेन्द्रनगर बजार सिचाँई कार्यालय नजिक र दोधारचाँदनीमा गरी छुट्टाछुटै दुर्घटना परि एक भारतिय नागरिक र एक नेपालीकाे मृत्यु भएकाे हाे ।
मंगलबार मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका दुवै जनाकाे उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यूके ०३ ए ९०३४ नम्बरको मोटरसाईकलमा सवार चम्पावत मिन बजार बनबासाका अन्दाजी ३० बर्षिया चाँप पुरैसीकाे गड्डाचाैकि राेड विद्युत कार्यालय क्षेत्रमा छाडा पशु चौपायासंग ठोकिएर घाईते भएको र उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक उमेश जाेशीले जानकारी दिनुभयाे ।
यस्तै सोही दिन दोधाराचाँदनी नगरपालिका-४ चाँदनीमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाईकलमा सवार दुई मध्ये एक जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा दाेधारा चाँदनी नगरपालिका-४ कञ्जभाेज बस्ने अन्दाजि २५ बर्षिया सुरज सुनार रहेका छन् । भने अर्का साेहि ठाउँका अन्दाजि ४५ बर्षिया गाेपाल सुनार घाईते छन् । उनकाे अहिले उपचार भईरहेकाे कञ्चनपुर प्रहरी प्रबक्ता डिएसपि जाेशीले बताउनु भयाे ।
विज्ञापन

उनका अनुसार सुरजकाे दाेधारा चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । उनीहरू सवार माेटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे ।

