रमेश प्रशाद भट्ट/कञ्चनपुर- दुई ठुला राजनीतिक दल, नेपाली काँग्रेस र नेकपा एमालेविच भएको सत्ता समिकरण अनुरुप प्रधानमन्त्री केपी शर्मा(ओली) सहितका मन्त्रीहरुले सपथ ग्रहण गरेका छन । ओली सरकारमा सुदूरपश्चिमबाट चार क्याबिनेटमन्त्री नियुक्त भएका छन । गृह रमेश लेखक, परराष्ट्र राजुराणा(देउवा), उद्योगमा दामोदर भण्डारी दोहोरिए, पर्यटनमा बद्री पाण्डे नियुक्त भएका छन ।
पहिलो पटक सुदूरपश्चिम तथा कञ्चनपुरले गृहमन्त्री पाएको छ । यस अघि ०४८देखि०७९सम्म भएका आम निर्वाचन प्रतिनिधी सभा सदस्य(संसद)का निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित भएका संसद गृहमन्त्री भएका थिएनन । पहिलो पटक कञ्चनपुरले गृहमन्त्री पाएको छ ।
०७९ सालमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित संसद रमेश लेखक आफुपनि पहिलो पटक गृहमन्त्री भएका हुन ।
यस अघि लेखक ०५६मा चुनाव जितेपछि दलको सचेतक भएका थिए । ०६२मा संसद पुर्नस्थापना भएपछि लेखक राज्यमन्त्री हुँदै मन्त्री भएका थिए ।
०७०मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा संसदमा निर्वाचित भएका लेखक भौतिक पूर्वाधारमन्त्री र अहिले ०७९मा सम्पन्न भएको निर्वाचनमा संसदमा निर्वाचित लेखक गृहमन्त्री भएका हुन । ०७४मा एमाले, माओवादीका साझा उम्मेदवार एमाले नेता डा. दीपक प्रकास भट्टसंग पराजित भएका थिए ।
यस अघि कञ्चनपुरबाट पञ्चायतकालमा राजाबाट मनोजित भएका लबरु राना मन्त्री, त्यसपछि ०४८ यता कञ्चनपुरबाट निर्वाचित भएका संसद एनपी साउद सिँचाई, परराष्ट्रमन्त्री, बिना मगर खानेपानीमन्त्री, तारणीदत्त चटौत पर्यटन मन्त्री, उर्वादत्त पन्त शिक्षाराज्यमन्त्री भएका थिए ।
लेखक गृहमन्त्रीमा नियुक्त भएसंगै उनकै नगरमा ६ बर्ष अघि १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डका दोषि सार्वजनिक हुने नागरिकले अपेक्षा राखेका छन । लेखक गृहमन्त्री भएपछि देश तथा विदेशबाट उनलाई बधाईको ओईरो छ ।

