कास्कीमा पहिरोमा परि एकै परिवारका ७ सहित ११ जनाको मृत्यु

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो  । गए राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारीसहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदी र ११ वषीया अनुस्का ओझाको मृत्यु भएको थापाले बताए ।

मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *