रमेश प्रसाद भट्ट/महेन्द्रनगर- कञ्चनपुरमा ४ दिनदेखिकाे अविरल बर्षाका कारण आएकाे बाढिमा परि मृत्युु हुनेकाे संख्या ४ पुगेकाे छ, भने एक जना युवक बेपत्ता भएका छन् । साेमबार विहान राताेदाेला तालमा नुहाउने क्रममा डुबेर बेपत्ता पुनर्वासकी आरती बाेगटीकाे मृत अवस्थामा शव फेला परे संगै मृतककाे संख्या ४ पुगेकाे हाे ।
आरती संगै पुनर्वास–५ को रातोखोला तालमा संगै पाैडि खेल्ने क्रममा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको यस अघिनै मृत्यु भएको थियाे । भने तालमा डुबेर आरती बोगटी वेपत्ता भएकि थिईन ।
उनकाे शब अपराहन्न ४ बजेकाे समयमा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक उमेश जाेशीले बताए ।
यस अघि कृष्णपुरका सात महिने बालककाे मृत्यु भएकाे थियाे । भने बेलडाँकाे चाैधर नदिमा माछा मार्न गएका एक जना युवक अझै बेपत्ता छन् ।

