कञ्चनपुरका अधिकाँश बस्ती डुवानमा, झण्डै २ हजार विस्थापित ५ सयकाे उद्वार

मुख्य खवर राजनीति समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- निरन्तर ४ दिन देखिकाे अविरल बर्षाका कारण जिल्ला भरीनै अधिकाँश भाग जलमग्न भएकाे छ । बर्षाका कारण जिल्ला सदरमुकाम सहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर,शुक्लाफाँटा, वेतकाेट, सदरमुकाम महेन्द्रनगरकाे भिमदत्त र दाेधारा चाँदनीका अधिकाँश भाग डुवानमा परेकाे हाे ।

याे समाचार तयार पार्दा बेलडाँडी गाउँपालिका भएर बग्ने चाैधर नदीले बाद फुटाएर गाउँ पसेकाे छ । नदी गाउँ पसेसँगै बेलडाँडी गाउँपालिका वडा नम्बर- २ र ३ का केही र ४, ५ नम्बर वडाका अधिकाँश भाग डुवानमा परेका छन् ।

हाल सम्म जिल्ला भरीमा एककाे मृत्यु १७ सय ३१ जना वाढिबाट विस्थापित र ५ सय ११ जनालाई उद्वार गरीएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जाेशीले बताउनु भयाे ।

जिल्ला भरीनै विपद व्यवस्थापन र उद्वारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली परिचालन गरीएकाे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकाेटाले कञ्चनपुर खबरलाई बताउनु भयाे । उनले भने “हामिले सर्वप्रथम विपदबाट मानविय क्षति नहाेस भन्ने हिसावले उद्वार टाेली जिल्ला भरीमानै परिचालन गरेेका छाै ।

वेतकाेटकाे सुडामा महेन्द्रनगर राजमार्ग भत्केर सडक अबरूद्व भएकाे छ, भने स-सना खाेलाले गाउँवस्तीका धेेरै जसाे ठाउमा समेत सडक भत्केर सडक अवरूद्व भएका छन् । महेन्द्रनगर नगर बजार पुरै जलमग्न भएकाे छ ।

भिमदत्त नगरपालिकाका वडा नम्बर- ११, १२, १३ लगायत नदि तटिय क्षेत्रका धरै जसाे ठाउँ जलमग्न छ । जाेखिमयुक्त ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *