शुक्लाफाँटा मेयरमा पराजित उम्मेदवार ऐरको प्राविधिक शिक्षामा यस्तो पहल

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– कञ्चनपुरको स्थानीय तह मेयरमा पराजित भएका एक उम्मेदवारले आफ्नो नगरको मात्रै नभई जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि विशेष शैक्षिक योजना ल्याएका छन ।

शुक्लाफाँटा नगरको मेयरमा पराजित भएका नवराज ऐरले आफ्नो नगर सहित जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि विशेष शैक्षिक योजना ल्याएका हुन ।

नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले काठमाण्डौँको हिमालय कलेज कोटेश्वरसंग विशेष आग्रह गरेर निःशुल्कदेखि शैक्षिक शुल्कमा छुट कार्यक्रम ल्याएका छन ।
शुक्लाफाँटा नगरपालिका १बन्साहका स्थानीय समेत रहेका मेयरमा पराजित ऐरलले आफु मेयरमा पराजित भएपछि आफ्नो नगरका विद्यार्थीको भविष्यका लागि विशेष योजना ल्याएका हुन ।

पुर्व विद्यार्थी नेता समेत रहेका मेयरमा पराजित ऐरको विशेष आग्रहमा हिमालय कलेज कोटेश्वरका निर्देशक भुवनचन्द्र जोशीसंग आग्रह गरे अनुरुप शुक्लाफाँटा नगरका मात्रै जनयुद्ध, सहिद एव विपन्न परिवारका विद्यार्थीलाई पुर्ण निःशुल्क र अन्यलाई कुल शैक्षिक शुल्कमा ५० प्रतिशत छुट गराउने सहमती भएको छ ।

शुक्लाफाँटा नगरका विपन्न सहिद परिवारका विद्यार्थीलाई निःशुल्क र नगरकै दलित, आदिवासी, जनजाती, थारु समुहका विद्यार्थी महिला एव जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षामा ५० प्रतिशत छुट पाउने भएका छन ।
नेता ऐरको सिफारिसमा शुक्लाफाँटा नगरका सहिद परिवारका विद्यार्थी पूर्ण छुट र नगरका अन्य स्थानीय विद्यार्थीका लागि आधा शुल्कमा पाउने भएका छन ।
जिल्ला, प्रदेश र देशका अन्य जिल्लाका विद्यार्थीका लागि समेत विशेष छुटको प्रबन्ध गरिएको छ ।

पुर्व विद्यार्थी नेता नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका शुक्लाफाँटा मेयरमा पराजित भएका नवराज ऐरले विद्यार्थी एव समाजिक हितका लागि पद मात्रै प्रमुख नभई राजनीतिक गर्ने नेताहरुका लागि विभिन्न शैक्षिक क्षेत्रहरुसंग समन्वय गरेर विपन्न विद्यार्थीको भविष्यका लागि कर्तव्य भएको बताए । एसइई उर्तिण भएर प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि उक्त लाभ लिन सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *