आज राष्ट्रिय धान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईदै

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कञ्चनपुर सहित देशै भर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । ध यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ ।

कञ्चनपुरका सबै पालिका र कृषि क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले धान दिवस मनाउदै छन् । औपचारीक रूपमा मात्र एक दिन धान दिवस मनाउने गरेपनि किसानका वास्तविक समस्यामा सरकारकाे ध्यान जान नसकेकाे देखिन्छ । धान दिवसकाे अवसरमा सरकारी बजेट खर्चने बाहेक अरू उपलब्धि केही नभएकाे किसानहरू बताउछन् ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्‍याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।

यस्तै सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने कार्यक्रम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *