काठमाडौं -टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा पाँच विकेट गुमाएको छ ।
पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए ।
यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।
यो समाचार तयार पार्दासम नेपालले ११ ओभरमा ४९ रन बनाएर खेलिरहेको छ ।

