नेपाली राष्ट्रिय फुटबल टोलिलाई साउँदिमा भब्य स्वागत

खेलकुद मुख्य खवर राजनीति समाचार

बिकाश सिंह महता खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल युएई संग साउदी अरब पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिलाई भब्य रुपमा स्वागत गरिएको थियो।

एक कार्यक्रम आयोजना गर्दै शुक्रबार नेपाली राजदुतावास र संयुक्त संघ संस्थाको आयोजनामा नेपाली राष्ट्रिय पुरुष खेलाडि, प्रशिक्षक र व्यवस्थापक लाइ स्वागत गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले बताउनु भयो।

सन् २०२६ को फिपा बिस्वकप फुटबल अन्तर्गत छनोट प्रतियोगिताको लागि नेपाल बाट साउदी अरब दमाम पुगेको नेपाली राष्ट्रिय फुटबल पुरुष टोलि लाई नेपाली महामहिम राजदुत नवराज सुबेदि को प्रमुख अथित्यमा नेपाली राजदुतावास, एन.आर एन.ए, प्रवासी नेपाली एकता समाज, संघीय लिम्बुवान सामाजिक मन्च (लिम्बुवान एफ. सि), आदिबासी जनजाती महासंघ र युनाइटेड एफ सि, सुदुर पश्चिम् एफ. सि. लगायत सम्पुर्ण संघ सस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाइ स्वागत साथ मायाको चिनो प्रदान गरिएको थियो।

‘नेपाली राष्ट्रिय महिला टिमलाई केही महिना अगाडि सम्मान गरिएको थियो, आज आएर नेपाली पुरुष राष्ट्रिय पुरुष फुटबल टिमलाई एतिहासिक रुपमा पहिलो पटक खेल खेल्न साउदी आएको र स्वागत साथ मायाको चिनो हस्तान्तरण गरिएको हो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले भने।’

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ। जुन ६ मा साउदी अरेबियाको दमाम शहरस्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपाल ४-० ले अन्तरले पराजित भएको थियो। खेल हेर्न खेलाडीलाई हौशला दिनका लागि नेपाली राजदूत, पर्यटन दुत लगाएत ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थित रहेको थियो थियो।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *