चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन् ।

विज्ञापन

अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए । उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिए । अर्थमन्त्री पुनले प्रदेशगत रूपमा गण्डकी,बागमती,लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा माथि रहने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए । उनले राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए । उनले चालु आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय खर्च २.९ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए । उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए ।

उनले भने,‘मुलुकको आर्थिक,सामाजिक सूचकहरूमा बिस्तारै सुधार हुँदै गएको छ । उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले बिस्तार हुने अनुमान छ । प्रदेशगत रूपमा गण्डकी,बागमती,लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा माथि रहने अनुमान छ । चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । त्यति व्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहेको छ । राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा सङ्घीय खर्च २.९ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ५८ करोड पुगेको छ । आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४९।६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशतले रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।’

उनले कुल ऋण मध्य आन्तरिक ऋण ४९।६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९/०८०मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *