रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे महेन्द्रनगरमा रहेकाे मझागाउँ विमानस्थल निर्माणकाे अड्चन खाेल्न सांसद् रमेश लेखक सहितकाे टाेलीले रक्षा मन्त्री र प्रधानसेनापति संग भेट गरि छलफल गर्नु भएकाे छ ।
बुधबार (आज) सांसद लेखक सहित कञ्चनपुरका जनप्रतिनिधिकाे एक टाेलीले विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक बिच भेटगरी छलफल भएको छ ।
विज्ञापन

निर्माणाधीन मझगाउँ विमानस्थलका रत्न बाटिका र नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन कांग्रेस प्रमुख सचेतक लेखक सहितको टोलीले मन्त्री उप्रेतीलाई भेटगरी ध्यानाकर्षण गराएको सांसद् लेखकका स्वकिय सचिव जनक भट्टले बताउनु भयाे ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद समेत रहेका लेखकको टिममा कञ्चनपुरका अन्य जनप्रतिनिधि सहितले भेटगरी छलफल गरेका हुन ।
लेखककाे टिममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको सहभागिता रहेको थियो ।
रक्षा मन्त्री उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा सहित भएको छलफल सकारात्मक रहेको सांसद रमेश लेखकका स्वाकिय सचिव भट्टले बताउनु भयो ।
उनले भने “विमानस्थल निर्माणका लागि अवराेध हटाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे अवराेध जमिन विमानस्थलका लागि उपलब्ध गराउने विषयमा रक्षा मन्त्री उप्रेती र प्रधान सेनापतिसँगको छलफलका भईकाे र साेका लागि कानुनी प्रकृयाका साथ अवराेध फुकाउने सकारात्मक कुरा भएकाे छ ।”
केही समयअघि स्थानीयले विमानस्थलका लागि मझगाउँस्थित रत्न बाटिका खाली गराएका थिए । विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पहल थालिए पनि उक्त कार्य पूरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।
अहिले भिमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र नागरिक उड्डयन प्राधिकरण गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको छ ।
विमानस्थलको दक्षिणतर्फ रहेको रत्न बाटिका र नेपाली सेनाको केही भू-भाग विमानस्थलकाे धावन मार्ग निर्माणका लागि आवश्यक पर्छ ।
विमानस्थलकाे धावन मार्ग देखि टेक्सि पार्किङ सहित अन्य गरी ४५ करोड ६६ लाखमा कान्छाराम कुमार श्रेष्ठ उमा कम्पनी जेभीले ठेक्का पाएर निर्माणकाे काम गरिरहेकाे छ ।
विमानस्थलका लागि प्रयाप्त जग्गा उपलब्ध नहुदा निर्माणमा समेत समस्यामा देखिएकाे विमानस्थल पुन: सञ्चालन संघर्ष समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताए ।
अहिले समान्य तवरले अवराेध भएकाे ठाउँमा निकुञ्ज संग र प्रशासनसंगकाे सहमतिमा निर्माण कार्य भईरहेकाे उनले बताए ।
विज्ञापन


