कञ्चनपुर– जिल्लाकाे भिमदत्त नगरपालिका-४ मा अवस्थित सार्क एजुकेशन फाउन्डेसनमा ११ जेठ देखि `करियर कुरा´ कार्यक्रम आयाेजना हुने भएकाे छ ।
कोड फर चेन्जले ११ जेठ देखि महेन्द्रनगरको सार्क एजुकेशन फाउन्डेशनमा ‘ करियर कुरा ’ कार्यक्रमको आयोजना गर्ने Code for change Farwest का Executive member नरेश बहादुर चन्द ले जानकारी दिनुभयाे ।
विज्ञापन
ञ
उनले भने “कार्यक्रम जेठ ११ गते, दिँउसो ०२ :०० बजेदेखि दिउँसो ०४:०० बजेसम्म हुने छ ।” उक्त कार्यक्रमले विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्ने गरी कार्यक्रमकाे आयोजना भएको हाे ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढ्ने तथा त्यसमा सफल हुने कुरा विभिन्न विशेषज्ञहरूले सम्बोधन गर्दै विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गर्ने भएकाे छ ।
यसरी कार्यक्रम आइटीमा रोजगार र इन्टर्नशिप , आइटीमा सडक नक्शा र आइटीको दायरा र बजार सम्बन्धि जानकारी प्रदान गरिने आयोजकले जनाएकाे छ ।
‘ कोड फर चेन्ज ’ एक गैर – नाफामुलक संगठन हो, जसले केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको छ।
यो सन् २०२३ सालदेखि सुदुरपश्चिम मा स्थापना भई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धि तालिम नि:शुल्क रुपमा प्रदान गरिरहेको छ ।
विज्ञापन


