रमेश प्रसाद भट्ट/कञ्चनपुर – जिल्लाकाे पुनर्वासकाे हुलाकि राजमार्ग खण्डमा बाल्टिन बम विस्फोट भएको पुष्टि भएकाे छ । पुनर्वास नगरपालिका–१ को ढक्कामा आज दिउसाे बाल्टिन बम बिस्फाेट भएकाे हाे ।
विस्फाेट भएकाे स्थानमा नेपाल प्रहरी र नेपाली सेना पुगेर घटनाकाे बारेमा स्थालगत अवलाेकन गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रमुख डिएसपि उमेशराज जाेशीले बताउनु भयाे ।
विज्ञापन

स्थानीयले विस्फाेट भएकाे जानकारी प्रहरीलाई गराए बित्तिकै प्रहरी घटना स्थलमा पुगेर नेपाली सेनाकाे बम विस्फाेजल टाेलीलाई खबर गरेर सेनाले विस्फाेट भएकाे पुरानाे बाल्टिन बम रहेकाे पुष्टि गरेकाे हाे ।

पुरानाे अवस्थामा खिया लागेकाे अवस्थामा रहेकाे बाल्टिन बम विस्फाेट भएकाे पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि जाेशीले बताए ।
उनले भने “विस्फाेटले घटनास्थलकाे सडकमा ३ मिटर जति गहिराे र २ मिटर चाैडाई सडकमा गहिराे खाडल परेकाे तर जनधनकाे कुनै पनि क्षति नभएकाे बताए ।”

अहिले बम विस्फाेट भएकाे खाडल पुरेर प्रहरी र सेना फर्किएकाे उनले बताउनु भयाे । तत्कालीन द्वन्दकालकाे समयमा साे बम राखेकाे हुन सक्ने अवस्थामा रहेकाे देखिएकाे डिएसपि जाशीले बताए ।

विज्ञापन


