रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलाैरीमा एक शिक्षकलाई ढुगांले कुटेर मार्ने एक जाना साेहि ठाउँका युवक पक्राउ परेका छन् । बुधबार साझाँ बेलाैरी नगरपालिका-६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुगां हानि कुटेेर हत्या गर्ने साेहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन ।
शिक्षक चन्दलाई घर नजिकै बुधबार (हिजाे) राति करिब ८ बजेकाे समयमा अपसि विवाद गरि भण्डारीले मुख,टाउकाेमा निर्घात रूपमा ढुगाँले हानेर हत्या गरिएकाे आराेपमा बेलाैरी प्रहरीले पक्राउ गरेकाे हाे ।
भण्डारीलाई आज विहान करिब ४ बजेकाे समयमा बेलाैरी-६ दुम्लीबाट पक्राउ गरिएकाे बेलाैरी ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज प्रहरी निरिक्षक गाैरी प्रसाद जैशीले बताउनु भयाे ।
प्रहरी समक्ष भण्डारीले हत्या गरेकाे स्वीकार गरेकाे प्रहरी निरिक्षक जैशीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
उनले भने “घटना भएकाे खबर पाउने बित्तिकै घटनास्थलमा प्रहरी टाेली पुगेकाे बताए ।”
घाईते अवस्था रहेका शिक्षक चन्दलाई बेलाैरी प्रााथमिक स्वास्थ्य चाैकिमा लगिएकाे थियाे । पछि त्यहाबाट धनगढिकाे निसर्गमा थप उपचारका लागि पठाएकाे भएपनि उपचारकै क्रममा निसर्ग अस्पतामै उनकाे मृत्युु भएकाे प्रहरी निरिक्षक जैशीले बताए ।
शिक्षक चन्दले बेलाैरीकाे महाकाली माविमा लामाे समय शिक्षक पेशामा सेवा गरि सेवा निवृत भएका थिए ।
घटनाबारेमा थप अनुसन्धान भईरहेकाे उनले बताएका छन् ।

