रमेश प्रसाद भट्ट/कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले फेरी महेन्द्रनगर मझगाउँ विमानस्थलको काम रोकेको छ । एक बर्ष देखि निकुञ्जले रोकेको सो क्षेत्रमा सोमबार विमानस्थल संघर्ष समितिले निर्माण कम्पनी कान्छाराम कन्सट्क्सनको डोजर लगाएर माटो भरान कार्य गरेपनी सोहि दिन निकुञ्जले एक सुचना जारी गदै आफ्नो क्षेत्रमा काम नगर्न भन्दै रोक लगाएको हो ।

एक बर्ष देखि निकुञ्जको कोर एरिया भन्दै काममा रोक लागाउदै आएको छ । शुक्लाफाँटा राष्ट्यि निकुञ्जका निमित्त बरिष्ठ संरक्षण अधिकृत प्रमोद कुमार यादवले सो क्षेत्र विमानस्थलको क्षेत्र नभएर निकुञ्जको कोर र एरियार मध्यवर्ती क्षेत्र पर्ने भएकाले सो स्थानमा कुनै पनी काम नगर्न भनेको छ ।
निकुञ्जले १ जेठमा निमित्त बरिष्ठ संरक्षण अधिकृत यादवले राष्ट्यि निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागलाई पत्रनै काटेर उक्त क्षेत्रको विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयनले भोगाधिकार प्राप्त नगरेको र बातावरणिय प्रभाव मुल्याँकन नगरिए जानकारी गराउदै ३ सय ४० मिटर धावन मार्ग निर्माणको काममा रोक लगाएको हो ।
कञ्चनपुरको विकासमा विभिन्न वाहाना देखाउदै निकुञ्जले विमानस्थल निर्माणको काममा बाधा अर्चन हाल्दै आएपछि विमानस्थल पुन सञ्चालन समिति र यहाँका नागरिकले भोर भत्सना व्यक्त गदै जिल्ला प्रशासनको ध्यानाकर्षण गराउने कार्यक्रम रहेकाे विमानस्थल पुन: संञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताउनु भयाे ।
बुधबार आज दिउसाे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई कामा भईरहेको अवरोधका बारेमा जानकारी गराउदै ध्यानाकर्षण गराउने कार्यक्रम रहेकाे सचिव चन्दले बताए । अहिले विहान ११ बजेतिर कञ्चनपुर उद्योग बाणिज्य संघमा भेला भएर जिल्ला प्रशासन जाने कार्यक्रम रहेकाे उनले बताए ।
यसरी बारम्बार निकुञ्जले निर्माण भईरहेको काममा अवरोध गर्न थालेपछि यहाँका नागरिक आक्रोशित बनेको संघर्ष समितिका सचिव राजेन्द बहादुर चन्दले बताउनु भयो ।
विज्ञापन


