बेलाैरी/कञ्चनपुर -जिल्लाकाे दक्षिणी क्षेत्रमा पर्ने दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका-४ शान्तिपुरका स्थानीय १७ बर्षिया किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
शनिबार दिउँसो दाेदा नदिमा पौडी खेल्न गएका ४ जना मध्ये दुई जनाको डुबेर मृत्यु भएको र बाँकी दुई घाईते अवस्थामा रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताउनु भयाे ।
उनका अनुसार कुँवरद्वयको घटना स्थलमै मृत्यु भएको र संगै गएका अर्का घाईते बर्ष १७ का किशोर समिर सुवेदी, शिशिर विष्टको स्थानिय श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको बताए ।
नदिमा बुडेकाे भन्ने स्थानियले देखिपछि प्रहरीलाई खबर भएपछि घटनास्थलमा प्रहरी पुगेकाे उहाँले बताउनु भयाे । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक जाेशीले बताए ।
विज्ञापन


