बझाङमा कांग्रेस र एमालेको राेचक प्रतिस्पर्धा, २५ मतले एमाले अगाडि

मुख्य खवर राजनीति विशेष समाचार

बझाङ–  बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो क्षेत्रमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार १ सय ४९ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार १ सय २४ मत ल्याउनुभएको छ । भण्डारी २५ मतले मात्रै अगाडि हुनुहुन्छ । त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ६ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय २७ मत ल्याउनुभएको छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २६ हजारभन्दा धेरै मतगणना भैसकेको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *