इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदनशील

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ ।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए ।

‘बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्, त्यहाँ १ हजार २४ जनशक्ति परिचालित हुनेछन्’, ढकालले भने, ‘मोबाइल जनशक्ति समेत निर्वाचनमा परिचालित हुनेछन् ।’

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन् ।

साभार:अनलाईखबर

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *