रमेश प्रशाद भट्ट/१२,कञ्चनपुर-कञ्चनपुर प्रहरीले फेरी जुवाखालमा एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवमन्दिर क्षेत्रबाट ११ जुवाडे सहित हजारौँ रकम बरामद गरेको हाे । बुधबार दिउँसो प्रहरीले शिव मन्दिर ऐठपुर क्षेत्रकाे एक रेन्टुरेन्ट होटलमा जुवा खेलिरहेको अवस्थामा ११ जुवाडे पक्राउ गरेको जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले ११ जनालाई जुवा खालबाट पक्राउ परेका जुहाडेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताए । प्रवक्ता जोशीले जुवाडे को-को हुन, कति पैशा बरामद गरिएको बारे विवरण लिने काम भईरहेको बताए ।
गत फागुन देखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी चक्रराज जोशीले जुवाडे, तस्कर, गैर कानुनी गतिबिधी बिरुद्धमा अघिल्ला एसपी कमल थापाकै स्प्रीट अनुरुप दण्डहिनता, चोरी तस्करी भन्सार छली बिरुद्धमा कडाई गरेका छन ।
विज्ञापन


