काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
मित्रराष्ट्र कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसंग बुधबार भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रचण्डले विपिन जोशीको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न आग्रह गरे।
आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन्।
जाेशीका आमा बुवाले पटक-पटक मन्त्री, प्रधानमन्त्री देखि राष्ट्रपतिलाई भेटेर छाेरा रिहाई गरिदिन सरकारकाे ध्यानाकर्षण समेत गरिरहेका छन् । यस पटक भने छाेरा रिहाई हुन्छनकि भनेर आमा बुवा सहित परिवार आशावादि रहेकाे छ ।
विज्ञापन



