होली फेमली इङ्गलिश मिडियम स्कुलकाे खेल मैदानमा १२ दिने क्रिकेट तालिम

मुख्य खवर राजनीति विशेष समाचार

डिल्लीराज पन्त /कञ्चनपुर– भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलको खेल मैदानमा सञ्चालित १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा  तेक्वान्दो प्रशिक्षण क्याम्प समापन भएको छ ।

अभाबै अभावका विच खेलेर विश्व किर्तिमान राख्न सफल क्रिकेटर दिपेन्द्र सिंह ऐरी जस्तै अन्य नेपालि खेलाडी ले देशलाई विश्वसामु अझै किर्तिमानका रेकर्ड तोड्न सक्ने खालको हौसला हेली फेमली एकेडेमी जस्तै निजि क्षेत्रले ले गरेकै छ तर राज्यले समेत यो क्षेत्रमा भौतिक पुर्वाधारका लागी लगानी गर्नुपर्ने आवस्यकता देखिएको छ ।

होली स्पोर्ट एकेडेमी र होली क्रिकेट एकेडेमीले चैत २६ गते क्याम्प सुरु गरेका थिए । १२ दिनसम्म चलेको क्याम्पसका क्रिकेट र तेक्वान्दोका तीन सय वढि खेलाडी सहभागी भएका थिए ।
क्याम्प शनिबार औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा क्याम्पको समापन कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका पूर्व मन्त्री रावलले होली फेमलीले खेलकूद विकासका लागि पुगाएको योगदान सराहनीय भएको उल्लेख गर्दै क्याम्पमा सहभागी खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गरी देश र समाजको नाम चिनाउन सक्ने बताएका छन ।
बाईट १ प्रकाश रावल, (पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य, सुदुरपश्चिम प्रदेश)

कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद भण्डारीलाई सम्मान गरिएको छ भने कार्यक्रमका प्रमुख अतिथि रावल र होली स्पोर्टस एकेडेमीका अध्यक्ष विष्टले भण्डारीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
होली स्पोर्टस एकेडेमीका अध्यक्ष भुपाल सिंह विष्टले शिक्षा र खेलकूदको विकास र प्रवद्र्धनका लागि एकेडेमी स्थापना गरिएको बताउदै शिक्षा र खेलकूद समाज र राष्ट्रका लागि निकै महत्वपूर्ण र शिक्षा र खेलकूदलाई संगसंगै लैजान आवश्यक रहेकाले खेलकूद विकासका लागि समय समयमा क्याम्प संचालन गरि रहने बताएका छन ।

बाइट २ भुपाल सिंह विष्ट(अध्यक्ष , होली स्पोर्टस एकेडेमी)
होली क्रिकेट एकेडेमीको प्रशिक्षण र होली फेमलीको खेल मैदानमा खेलेका खेलाडी अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल्न सक्ने खेलाडी उत्पादनको लक्ष्य लिएर क्याम्प सञ्चालन गरिएको र पछल्लो पिढि का युवा युवती दुवईसनीको दल दलमा फस्दै गईरहेका बेला खेलकुदमा माध्यमले दुव्र्यशनी र लागु औषध तिर गएका वेला बालवालिका हरुलाई यसको कुलत हटाउन न्युनीकरण्क गर्ने समेत सहयोग पुग्ने अपेक्षा गरिएको प्रशिक्षक गोविन्द थापा र शन्तोष भट्ट बताउछन ।

समापन कार्यक्रममा क्याम्पमा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा तेक्वान्दो खेलाडीले १२ दिनमा सिकेको खेल कला प्रदर्शन गरेका थिए ।

निजि क्षेत्रले खेलाडिहरुलाई हौसला दिईरहेका बेला सरकार भने उदासिन देखिएको छ । होली एकेडेमी जत्तिकैनी सरकार खेलाडि प्रति कति उत्तरदायि बन्न नसकेको महसुश भईरहेको र सरकार खेलक्षेत्र प्रति कति उदासिन छ भन्ने स्पष्ट कुरा कञ्चनपुरमा रहेका खेल मैदानको अवस्था हेरेरै छर्लङ्ग हुने महाकाली स्पोर्ट एकेडेमीका अध्यक्ष सुमन भट्ट बताउछन ।

१२ दिने क्याम्पले सहभागीहरुको खेलकूदप्रति रुची बढेको र भविष्यमा खेलाडी बन्न प्रेरित गर्न सहयो पुगेको बताउदै खेलाडिहरुका लागी पछिल्लो समय पुर्वाधारको अवस्थामा क्रमिक सुधार भईरहेको भएपनी जिल्लामा क्रिकेटका लागी पर्याप्त खेलमैदानको , प्रशिक्षण केन्द्र लगायत भौतिक संरचना तथा पुर्वाधारहरु को अभाव रहेको जिल्ला क्रिकेट संघका सचिव विशाल सोनारले बताएका छन ।

यसै क्षेत्रमा अभाबै अभावका विच खेलेर विश्व किर्तिमान राख्न सफल क्रिकेटर दिपेन्द्र सिंह ऐरी जस्तै अन्य नेपालि खेलाडि ले देशलाई विश्वसामु अझै किर्तिमानका रेकर्ड तोड्न सक्ने खालको हौसला होली फेमली एकेडेमी जस्तै निजि क्षेत्रले ले गरेकै छ तर राज्यले समेत यो क्षेत्रमा भौतिक पुर्वाधारका लागी लगानी गनु आवस्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *