महेन्द्रनगर मावि(साधारण स्कुल) भर्ना हुन प्रवेस परीक्षा

मुख्य खवर राजनीति विशेष समाचार

माेहन विष्ट/कञ्चनपुर, १० बैशाख-कञ्चनपुरको एक सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेस परीक्षा उर्तिण गर्नुपर्छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)मा भर्ना हुनका लागि प्रवेस परीक्षा उर्तिण गर्नुपर्छ ।
विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिसंगै विद्यार्थीको अत्यधिक चापले नयाँ भर्ना आउने विद्यार्थीलाई प्रवेस परीक्षा उर्तिण गरेपछि मात्रै भर्ना हुन पाउँछन ।

चालु शैक्षिक सत्र ०८१ विद्यार्थी भर्ना अभियान चलिरहेका बेला महेन्द्रनगर मावि साधारण स्कुलले भर्ना हुन आउने नयाँ विद्यार्थीका लागि प्रवेस परीक्षा लिएर विद्यार्थी छनौट गर्न बाध्य भएको हो ।

महेन्द्रनगर नमुना माध्यामिक विद्यालयका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यार्थीको चाप बढि भएकाले छनौट गर्न समस्या हुँदा प्रवेस परीक्षा लिएको उर्तिणलाई मात्रै भर्ना गरिने बताए । अध्यक्ष विष्टले नर्सरीदेखि कक्षा ९ सम्ममा मात्रै ५ सय नयाँ विद्यार्थीले प्रवेस परीक्षा दिएका छन । गत शैक्षित्र सत्र ०८० मा २ हजार ८ सय २५ विद्यार्थी थिए ।

‘निरन्तर अध्ययन गरिरहेका विद्यार्थीको हकमा कक्षा उर्तिण हुँदा प्रवेस परीक्षा गर्दैनौँ, ‘उनले भने, ‘नयाँ विद्यार्थीका लागि मात्रै प्रवेस परीक्षा गराएर मात्रै भर्ना गछौँ ।’

बालविकासका कक्षादेखि १० सम्म नेपाली अग्रेजी दुवै माध्यमबाट गुणस्तरिय शिक्षण गर्ने भएकाले विद्यार्थी र अभिभावकले महेन्द्रनगर मावि रोजेको उनले बताए । महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा सुदूरपश्चिम प्रदेशभरीकै विद्यार्थी अध्ययनका लागि आउने गरेका छन ।

अभिभावकहरुले गुणस्तरिय शिक्षा दिने सामुदायिक विद्यालय भएकाले सन्तानको भविष्यका लागि विद्यार्थी भर्ना गर्न आएको बताएका छन । गुणस्तरिय शिक्षाले विद्यालय जिल्लामै अब्बल बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *