यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, बिरेन्द्र चौधरी, हरि प्रशाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नविन प्रशाद जोशी, टार्जन भण्डारीले गोल्डमेडल पाउन लागेका छन । यस बर्ष पहिलाे पटक एमफिल तर्फ पनि चार विद्यार्थी समेत दीक्षित हुन लागेका छन । शिक्षा र मानवीकी संकायका २/२विद्यार्थी दीक्षित हुन लागेका परीक्षा नियन्त्रक राेकायाले बताउनु भयाे ।
प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हुने कार्यक्तममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आथित्यमा कार्यक्रम हुने उनले बताए ।
यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने छ । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले यस पटकको दीक्षान्त समारोह समयमै हुने बताए ।
सुपविका निमित्त उपकुलपति थापाले दीक्षान्त समारोह अघि प्रिसिनेटबाट ग्रेसलिट पारित गर्ने भएकाले कुनै नयाँ निर्णय नहुने र कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न व्यवस्थापनका विभिन्न उप-समित समेत गठन समेत गरिएकाे बताउनु भयाे । विश्वविद्यालयले यस पटक अनलाईन मार्फत फारम संकलन गरेकाे थियाे ।
पिज्ञापन



