धनगढी– आज सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्मन्त्री बन्न दलहरूले दावी पेश गर्ने भएका छन् । दलहरूले मुख्यमन्त्री बन्न दुई वा दुई भन्दा बढि दल मिलेर मुख्यमन्त्री बनाउन कसरत गर्ने भएका हुन ।
सभामुखले आज मुख्यमन्त्री बन्न दावी पेशका लागि समय दिनुभए बमाेजिम कार्य सुचि राखिएकाे प्रदेश सचिवालायले जनाएकाे छ ।
नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
केही दिन अघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।
अहिले नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।
प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिनुभएको छ ।
यसअघि दिएको समयमा नागरिक उन्मुक्ति पार्टीकै दुईजनाले दाबी पेस गरेपछि दुबै पक्षको दाबीका कारण निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले पुन: मिलिजुली सरकार गठन गर्न समय दिनु भएको हो ।
विज्ञापन



