रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरसंग जाेडिएका नेपाल-भारत गड्डाचाैकि र ब्रह्मदेव सिमा नाका ४ दिनका लागि बन्द हुने भएका छन् । छिमेकि राष्ट्र भातरकाे उत्तराखण्ड राज्यकाे जनपद चम्पावत अन्तरगत क्षेत्रमा लाेक सभा निर्वाचन हुने भएकाले सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै ४ दिनका लागि चम्पावत क्षेत्रसंग जाेडिएका नाका बन्द हुने भएका हुुन ।
भारतकाे जनपद चम्पावतमा यहि बैशाख ७ गतेका दिन प्रथम चरणकाे मतदान सम्पन्न हुने भएकाले बैशाख ४ साँझ ५ बजेबाट ७ गते सम्म साे क्षेत्रसंग सिमा जाेडिएका गड्डाचाैकि र ब्रह्मदेव सिमा नाका ४ दिनका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले साेमबार एक सुचना जारी गर्दै ४ दिनका लागि जिल्लाका दुईवटा सिमा नाका गड्डाचाैकि र ब्रह्मदेव सिमानाका बन्द गरिने जनाईएकाे हाे ।
सिमा नाका बन्दका समयमा नेपाल-भारत सिमा नाकामा अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने समेत सुचनामा जनाईएकाे छ ।
जिल्ला प्रशासन कञ्चनपुरले जारी गरेकाे सुचना

विज्ञापन



