डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती लाई गोलरहित बराबरिमा रोक्दै अरनिकाेले

खेलकुद मुख्य खवर राजनीति विशेष समाचार

बिकाश सिंह महता / महेन्द्रनगर- कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा आज देखि सञ्चालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता – २०८१ अन्तर्गत डिफेन्डिङ च्याम्पियन दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच भएको पहिलो खेल गोलरहित बराबरी भएको हो।

सोमबार भएको दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच भएको रोमाञ्चक पहिलो खेलमा अरनिकोले गोलरहित बराबरीमा दिप ज्योती लाई रोकेको छ। निर्धारित समयमा दुबै टिमले गोल नगर्दा एक-एक अंक बाडेका छन् ।

भने दोस्रो खेल दिउँसो ४ बजे निङ्गलाशैनी विकास समाज र द ग्यालेक्सी युवा क्लब बिच प्रतिस्पर्धा हुने कञ्चनपुर जिल्ला फुटबल संघ का महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् । उनका अनुसार, जिल्ला लिग प्रतियोगिताको उद्धघाटन दिउँसो ३:३० बजे भीमदत्त नगरपालिका मेयर पदम बहादुर बोगटीले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ। जसमा विजेताहुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *