आजदेखि कञ्चनपुरमा जिल्ला लिग फुटबल

खेलकुद मुख्य खवर राजनीति समाचार

बिकाश सिंह महता/ महेन्द्रनगर- कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा आज देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुनेभएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता – २०८१ आज उद्धघाटन हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताउनु भयो।

कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध जिल्लाका १३ क्लब मध्य ‘जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१’ मा ११ क्लबले सहभागिता जनाउने रावले बताए। आज पहिलो खेल डिफेन्डिङ च्याम्पियन क्लब दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच बिहान ९ बजे हुने छ। भने दोस्रो खेल दिउँसो ४ बजे निङ्गलाशैनी विकास समाज र द ग्यालेक्सी युवा क्लब बिच प्रतिस्पर्धा हुने छ। जिल्ला लिग प्रतियोगिताको उद्धघाटन दिउँसो ३:३० बजे भीमदत्त नगरपालिका मेयर पदम बहादुर बोगटीले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ। जसमा विजेताहुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *