स्वास्थ्यकर्मी निलमले चलाएकाे क्यान्सर पिडित `सम्राट थापा´ बचाँउ अभियानबाट संकलित रकम हस्तान्तरण

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी, कञ्चनपुर- स्वास्थ्यकर्मी निलम भट्टले बेलडाँँडीका क्यान्सर पिडित बालक `सम्राट थापा´ बचाँउ भियानबाट संकलित भएकाे रकम पिडित परिवारलाई हस्तान्तरण गरिएकाे छ ।

जिल्लाकाे बेलडाँडी गाउपालिका-२ का क्यान्सर राेगबाट पिडित १४ बर्षिया बालक`सम्राट थापा´ बचाँउ अभियानमा स्वास्थ्यकर्मी निलम भट्टले चलाएकाे आर्थिक सहयाेगबाट संकलित रकम हस्तान्तरण गरिएकाे हाे ।

आर्थिक अवस्था कमजाेर भएका थापाकाे उपचारमा समस्या भएपछि बेलडाँडी गाउपालिका- ५ राैतेली विचवा स्वास्थ्य चाैकिमा कार्यरत अनमी निलम भट्ट चन्दले गत बर्ष माघ देखि चैत्र महिना सम्म चलाएकाे आर्थिक सहयाेग अभियानबाट उठेकाे रकम पिडित परिवारलाई दिएकि हुन ।

साे आर्थिक सहयाेग अभियानबाट संकलन भएकाे नगद १ लाख ७ हजार ७ सय नाै रूपयाँ हस्तान्तरण गरिएकाे स्वास्थ्यकर्मी निलम भट्ट चन्दले बताउनु भयाे ।

उनले भने “उपचारमा सहयाेग पुगाेस भनेर क्यान्सर पिडित बालक परिवारकाे आर्थिक अभावकाे समस्या देखेर चलाएकाे सहयाेग अभियानमा जेजति रकम उठ्याे सबै क्यान्सर पिडित बालकका परिवारलाई दीएकाे बताए ।”

`केही सानाे सहयाेगले कसैकाे जीवन रक्षा हुन्नछ भने, त्याे मेरा लागि धर्म रहेकाे स्वास्थ्यकर्मी निलम भन्छिन् ।´ उहाँले अभियानमा आर्थिक सहयाेग गर्नुहुने सबैलाई आभार सहित धन्यावाद दिनु भयाे ।

नगद रकम सम्राट थापाका मामा अर्जुन थापालाई हस्तान्तरण गरेकाे उनले बताए । रकम बुझ्दै क्यान्सर पिडित बालकका मामा अर्जुनले सहयाेग अभियान चलाएकाेमा स्वास्थ्यकर्मी निलम र सबै सहयाेगी दाताहरूलाई धन्यावाद व्यक्त गरे ।

क्यान्सर पिडित थापाकाे चितवन क्यान्सर अस्पतालमा उपचार भईरहेकाे उनका मामा अर्जुन थापाले बताए । उनकाे स्वास्थ्य सुधार भईरहेकाे छ ।

विज्ञापन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *