गड्डाचाैकि नाकाभएर विशु पर्व मनाउन घर फर्कनेकाे लर्काे

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/३० चैत्र, कञ्चनपुर – रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् । कञ्चनपुरको गड्डाचाैकी भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमामा हेल्प डेस्कले गड्डाचाैकीले जनाएको छ ।

विज्ञापन

हेल्प डेस्कका अनुसार भारतको हरियाणा, गुडिगाउ, हरिद्वार, काला पहाड, पंजाव, सिमला, बागेश्वर, देहरादुन, केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न शहरबाट यहि चैत्र २२ गते देखि २६ गते सम्म ५ दिनमा मात्र भारतबाट नेपाल फर्कने पुरूष, महिला र वालबालिकाकाे संख्या ५ सय ९६ रहेकाे गड्डाचाैकि हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले बताउनु भयाे ।
भारतबाट आउनेहरूकाे हेल्थ डेस्कमा काेराेना चेक, स्वास्थ्य सचेतना गर्नेकाे समेत उनले बताए ।

चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्याले बढ्न थालेको हाे ।

अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायतका कारणले पनि धेरैजसो सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गर्दछन् ।

लामो समयदेखि भारतको चेन्नेईमा रोजगार गर्दै आउनुभएका जाेगी ओली र भागा अधिकारी विषु पर्व मनाउनकै लागि घर फर्केको बताउनुभयो ।

सुदूरपश्चिममा विशु पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । विशेष गरेर राेजगारीका लागि बाहिर गएकाहरू घर फर्किएर परिवारजन संग हर्षाेउल्लासका साथ विशु मनाउने गर्दछन् ।
विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम,डाेटी,डडेल्धुरा, बझाङ , बाजुरा र बैतडी गर्दछन् ।

यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।

हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नाे लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *