ईपीएस भाषा परीक्षामा ६ हजार जनाभन्दा धेरै परीक्षार्थी पास

मुख्य खवर राजनीति विशेष समाचार

गएकाे फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्ये छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका हुन् ।

अब सीप परीक्षणमा पास भएपछि उनीहरू कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् । सीप परीक्षण आउँदो वैशाख ९ गतेदेखि वैशाख १५ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा आउँदो वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा आउँदो कात्तिक २६ गते देखि पुस २ गतेसम्म हुने तालिका छ ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *