अप्रेल १० देखि हुने प्रथम लाल बहादुर महत स्मृति गोल्डकपमा २२ टिम सहभागी

खेलकुद मुख्य खवर राजनीति विशेष समाचार

विकास सिह महता/ कञ्चनपुर : साउदी अरेबियामा सञ्चालन हुन प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ।

सोमबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागी हुने टिमहरु का लागि टिम दर्ता कार्यक्रम बन्द गरिएको प्रतियोगिता संयोजक पदम बहादुर महतको हस्ताक्षर सूचना सार्वजनिक गरिएको हो।

उक्त सूचनामा टिम दर्ता बन्द गरिएको जानकारी गराइएको छ। ‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु-अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप -२०२४’ यहि १० र ११ अप्रिल २०२४ का दिन हुने फुटबल प्रतियोगीताको टिम दर्ता बन्द गरिएको जानकारी गर्दछौ। यस प्रतियोगीतामा भाग लिन दर्ता भएका टिमहरुको नामावली यसप्रकार रहेको छ। भनेर लेखिएको छ। जसमा दर्ता भएका टिमहरुको नामावली (खेल तालिका- अप्रिल ९ तारिक भोली राती प्रकाशित गरिने समेत जानकारी गराएको छ।

उक्त प्रतियोगिता साउदी अरेबियाको अल थुक्बाह खेलमैदान मा सञ्चालन हुने छ। प्रथम हुने टिमले ५ हजार साउदी रियल, कप मेडल प्रमाणपत्र हात पर्ने छ। भने उपविजेता टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र हात पर्ने छन् । भने विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई समेत पुरस्कारको व्यवस्था हेको आयोजकले बताएका छन्।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *