बलम्बुमा रहेकाे सशस्त्र प्रहरी अस्पतालकाे गाेदाममा आगलागी

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं– सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो ।

आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए । अर्यालका अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *