गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

मुख्य खवर राजनीति विशेष समाचार

पाेखरा-गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा खगराज अधिकारी नियुक्त भएका छन्।

नेकपा (एमाले) संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आइतबार नै एमाले, नेकपा (माओवादी केन्द्र) र राजीव गुरूङको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस भएको थियो।

अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यसैबीच नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्राचार गरेर असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो। सभामुखसमेतलाई समावेश गरेर बहुमत देखाइएको भन्दै कांग्रे‍सले विरोध गरेको थियो।

गण्डकी प्रदेश सभा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र १ गरी ६० सदस्य छ। यहाँ बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ।

एमाले र माओवादी गठबन्धनले खगराजलाई मुख्यमन्त्री बनाउन पेस गरेको दाबीमा संसदीय दलका नेताले मात्र हस्ताक्षर गरेको भन्दै कांग्रेसले प्रत्येक सांसदको सनाखत गर्न प्रदेश प्रमुख भट्टलाई आग्रह गरेको थियो।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *