धनगढीबाट उडेकाे श्री एयरकाे जहाँजमा समस्या, जहाँज पाेखरामा अवतरण

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरी अन्तै डाइभर्ट भएको छ।धनगढीबाट आज (शुक्रबार) विहान ९ः५० मा उड्ने जहाज १० बजे उडेको थियो। तर १० बजे धनगढीबाट उडेको जहाज काठमाण्डौं नभएर अन्तै डाइभर्ट भएको हाे ।

काठमाण्डौं उड्नुपर्ने श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण भएको एक यात्रुले बताए। धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको खबर प्राप्त भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

उनका अनुसार इन्डीकेशनमा समस्या आएकाले जहाज अन्तै डाइभर्ट भएको हो। जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ। यात्रुहरु जहाज अन्तै अवतरण भएपछि  त्रसित भएकाे एक यात्रुले बताएका छन्। पोखराबाट कतिबेला जहाज उड्ने भन्ने जानकारी नभएकाे यात्राहरूकाे भनाई छ ।

एक साता अघि मात्र धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाइन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *