भीमदत्तमा गाउँघरमै प्रयोगशाला सञ्चालन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर २३ चैत्र/डिल्लीराज पन्त-कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडामा प्रयोगशाला सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका १६ नम्बर वडामा प्रयोगशाला सेवा शुरु गरेको हो ।प्रयोगशाला सुरु भए संगै भिमदत्तनगरका वडानम्वर ११, १२ १३ १४ १७ का स्थानिय हरु स्वास्थ्य चेकजाँच र विभिन्न प्रकारका विरामीको रगत वाट विभिन्न रोगको परिक्षण गर्न सहज हुने भएको छ ।

भीमदत्त नगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष केशव सिंह विष्टले विहिबारदेखि शहरी स्वास्थ्य क्लिनिक बसन्तपुरमा प्रयोगशाला सेवा शुरु भएको र अव आकश्मिक विरामीहरुलाई चेक जाँच गर्न समरमुकामै धाउन र विभिन्न चेक जाँचको महंगो शुल्क तिर्नुपर्ने वाध्यता हटेको बताउनु भएको छ ,

यस अघि बर्थिङ्ग सेन्टरको सेवा रहेको वडा नम्वर १६मा मा अबदेखि विभिन्न स्वास्थ्यका चेकजाँच हुने बताउदै बर्थिङ्ग सेवा सहित नियमित ओपिडी, नवजात शिशु स्याहार, क्षयरोग, डेंगु, मलेरिया, सुरक्षित गर्भपतन लगायत, रगतका माध्यमबाट विभिन्न रोगको परीक्षण सेवा प्रदान गरिने भीमदत्त नगरपालिका १६ का शहरी स्वास्थ्य केन्द्र प्रमुख तोयराज भट्टले बताएका छन ।

प्रयोगशाला को उद्घाटन भीमदत्त नगरका मेयर पदम बोगटी र उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन । स्वास्थ्य लाई गाँउमै उच्चस्तरिय स्वास्थ्य सेवा शुरु भएपछि स्थानिय समेत हर्षित भएका छन ।

भिमदत्त नगर– उपप्रमुख निलम लेखकले पनि प्रयोगशाला मार्फत नागरिकलाई थप सेवा पुगाएको मा नगरपालिका संग आवद्ध सवै जनप्रतिनिभि, स्वासथ्य कर्मि तथा कर्मचारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत नगरपालिकाले नागरिकको स्वास्थ्य सेवा सुरक्षाका निमित्त थप सेवा विस्तार गर्र्दे जाने र नगरका हरेक वडामा रहेका स्वास्थ्य केन्द्रमा समेत थप सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

दैनिक मानव जिवनको आईपर्ने समस्या स्वास्थ्य समस्या रहेको र स्वस्थ नागरिकले नै देश र समाजका लागी सकारात्मकप रुपमा प्रस्तुत हुने भएकाले पनी मानव जिवन संग महत्पपुर्ण रुमा मा जोडिएको स्वासथ्य सेवा विस्तारमा राज्य पक्षले नागरिकमा सहज पहुच पुर्याउन सक्नु आजको आवस्यकता हो ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *