धनगढीका मेयर हमालकी छाेरी भारतकाे गाेवाबाट सम्पर्क विहिन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्क विहीन भएकी छिन्।

मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देख्दै आफ्नी जेठी छोरी भारतकाे गाेवामा सम्पर्कविहीन भएको बताएका छन्।

उनका अनुसार हमालकी जेठी छोरी ओशो साधक भएको र केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको बताएका छन्।

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्।

हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ, दिदीबहिनीहरूले  खोजीकार्यमा सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछु,’ उनले लेखेका छन्, ‘साथै मेरी कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले  मोबाइल नम्बर नं. ९७९४०९६०१४/८२७३५३८१३२/९३८९६०७९५२ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजीकार्यमा सहजीकरण गरिदिनुहुन हार्दिक  अनुरोध गर्दछु।’

मेयर हमालले फेसबुकमा लेखेकाे स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *