आजबाट शुक्लाफाँटा पर्यटन महोत्सव शुरु, पहिलो दिन निकुञ्ज भित्रकाे रानी ताल सरसफाई

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, ६ चैत्र-आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । निकुञ्जमा आन्तरिक पर्यटन प्रर्बद्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस बर्ष पनि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेकोछ । भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत बर्षको निरन्तरता गर्दै यस बर्षपनि महोत्सव शुरु भएको बताए ।

उनका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभिध रहेको रानी ताल सरसफाई गरेर पर्यटन महोत्सव शुरुवात गरिएको छ । दोस्रो दिन बुधबार पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, तेस्रो दिन मैत्रिपुर्ण फुटबल संचालन हुने छ ।

पहिलो दिन पुरिदै गएको निकुञ्ज भित्रको रानी तालमा सरसफाई गरिएको छ । तालमा जेसिभीदेखि सरोकारवालाहरुले सरसफाई गरेका हुन । बन्यजन्तुको खानेपानीका लागि रानी ताल सरसफाई गरेको हो ।

महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोडदिएका छन । महोत्सव उद्घाटन कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।

पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक सम्बृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्याउनु पर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले देशकै आर्थिक सन्दर्भमा हेर्ने हो, भने विकासको महत्वपुर्ण क्षेत्र भनेकै पर्यटन भएकाले पर्यटनको क्षेत्र बृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । उहाले भने ‘आन्तरिक तथा  बाह्य पर्यटकलाई ल्याउन प्रचार प्रसारको मत्वपुर्ण भुमिका हुने भएकाले त्यसमा समेत जोड दिनु पर्ने बताए ।’

भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन बृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिदै आगामी बर्षहरुमा थप पुरस्कृत बनाउने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रर्बद्धनका लागि अग्रसरमा जोडदिए ।

उनका अनुसार यसविचमा सुप प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेस शुल्कमा ५० प्रतिशत छुट गरिनेछ ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले महोत्सवलाई आगामीदिनमा थप पुरस्कृत बनाउँदै जाने बताए ।
कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बा्रहसिङ्गकै शहरको रुपमा विकसित गराउनुपर्नेमा जोडदिए ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाटा सुप प्रदेशका अध्यक्ष पदम विक्रम सिहले पर्यटन प्रर्बद्धनका लागि निजी क्षेत्रलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने बताए ।

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले कञ्चनपुरकै पर्यटन प्रर्बद्धनका लागि मेला संचालन गर्न लागेको बताए । उनका अनुसार तीनदिनसम्म संचालन हुने महोत्सवमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्याप्रर्यटनका लागि महोत्सव गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *