सुप प्रदेश प्रहरी प्रमुख (डिआईजी) केसिले गरे कञ्चनपुर प्रहरीकाे निरिक्षण, कानुन कार्यान्वयमा निर्मम भईकाम गर्न निर्देशन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरिक्षण गरेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर डीआइजी केसीले निरिक्षण गर्नु भएकाे हाे ।

निरिक्षण पश्चात डिआजी केसिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका विभिन्न युनिटहरुलाई प्रहरी अनुशासन, शान्ति सुरक्षा, अपराध अनुसन्धान, चाेरी तस्करी, लागु औषध सेवन र काराेबार नियन्त्रणका क्षेत्रमा निर्मम भएर काम गर्न आवश्यक निर्देशन दिएकाे डिआइजी केसिले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उनले भने “कानुन कार्यान्वयनका लागि पहिले क्षेत्रमा खटिने प्रहरीले जनता र प्रहरी विचकाे सम्बन्धलाई बलियाे बनाएर काम गर्नु पर्छ ।”

यस्तै प्रहरीले कसैकाे दवाफ, प्रभाव र प्रलाेभनमा नपरी काम गर्न समेत कडा रूपमा निर्देशन दिएकाे डिआइजी केसिले बताए ।

सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्ने । अबैंध काठ पक्राउ, नियम बिपरित नदीजन्य पदार्थको उत्खनन् कार्यलाई कानूनको दायरामा ल्याउन समेत निर्देशन दिए ।

यस्तै गुण्डागिर्दि,जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिदै उहाँले लागू औषध नियन्त्रण कार्यलाई महाअभियानको रुपमा सञ्चालन गर्ने बताउनु भयाे ।

निर्देशनकै क्रममा उहाँले गैर-ब्यवसायिक आर्थिक लाभको लागि कसैसंग साँठगाँठ र मिलोपतो नगर्ने, कुनै प्रहरी कर्मचारीहरुले गरेको पाईएमा कानूनी दायरामा ल्याईने । ब्यक्तिगत पिरमार्का गुनासाहरु नेपाल प्रहरी संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप अघि बढाउने ।

समन्वयात्मक, सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ त्रुटी रहित ढंगबाट कार्य गर्ने निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी लगायत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अन्तरगतमा कार्यरत करिब ३०० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तस्वीर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुर 

विज्ञापन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *