माईती नेपाल कञ्चनपुरद्वारा भारतमा बेचिएका २५ महिला बालबालिकाको उद्वार

मुख्य खवर राजनीति विशेष समाचार

पहिलाद राना/कञ्चनपुर, १७ फागुन- मानव तस्कर समुहको चुङ्गोलमा परेका २५ जना (नेपाली महिला तथा बालबालिका) को भारतबाट उद्दार गरिएको छ । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट बेचिएका २५ महिला तथा बालिकाको उद्दार गरेको हो ।

माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार पुना ६, मुम्बई,हिमाञ्चल ४/४, साग्ली÷दिल्ली ३/३, पञ्जाव,पिथौरागढ २/२ र गुजरातबाट १ जनाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बेचिएका महिलाको रेडलाईट एरियाबाट उद्दार गरिएको बताईन ।

‘विभिन्न प्रलोभन पारेर मानव तस्कर समुहले महिला तथा बालिका, किशोरीलाई यहाँबाट भारतमा लग्ने र त्यहाँ रेडलाईट एसियादेखि विभिन्न कोठिमा बेच्दै आएका छन, ‘उनले भने, ‘घर परिवारले दिएको निवेदन, उजुरीका आधारमा हामीले बेचिएकी छोरीचेलीको उद्दार गरेर घर परिवारको जिम्मा लगाएका छौँ ।’

जोखिम मोलेर भारतमा बेचिएका अधिकाँस महिला भैरबाह नाका भएर भारत पुगेको केही महिला अन्य नाकाबाट समेत गएको पाईएको संयोजक भट्टले बताईन ।

माईती नेपाली कञ्चनपुरले सन ०२३ जनवरीदेखि डिसेम्बरसम्म जिल्लाका दुई नाका गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुल क्षेत्रबाट १ सय १८ महिलालाई बेचबिखनको जोखिमबाट बचाएको जनाईएको छ ।

जसमध्ये ८७ जना सुदूरपश्चिम प्रदेश, ३७ कञ्चनपुर भीमदत्त नगरपालिका मात्रै १४ जना रहेका छन । भारतमा जोखिमपुर्ण यात्रा गर्न लागेका २४ जनालाई सिधै सीमा नाकाबाट घर फकाईएको थियो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुल नाकाबाट २४हजार, १सय ९३जनालाई परामर्स दिईएको बताईन ।सीमा क्षेत्रमा ४हजार ५सय ३३ सवारी साधन चेकजाँच गरेर १सय २७को पारिवारिक पुनर्मिलन गरिएको छ ।बर्षदिनको अवधिमा १सय ७१निवेदन खोजतलासका लागि परेका र जसमध्ये ५३ कञ्चनपुर २१ भीमदत्त नगरपालिकाकै रहेका र ४९जना भेटिएका छन । घरेलु हिन्सा तर्फ ३२ निवेदन मध्ये १९ समाधान गरिएका छन ।

‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’

मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।

मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन ।

गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन ।

उनले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन ।

माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टले बताईन । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि गरिरहेका कामकाजको सरोकारवाला निकायले समेत प्रसंसा गरिहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *