बेलडाँडीका झण्डै ७ हजार बालवालिकालाई दादुरा-रूवेला विरूद्वकाे खाेप लगाईदै

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिकाका झण्डै ७ हजार बालवालिकालाई दादुरा रूवेला विरूद्वकाे खाेप लगाईने भएकाे छ । गाउँपालिका भित्रका ५ वटै वडाका ६ हजार ८ सय ५९ बालवालिकाहरूलाई दादुरा-रूवेला विरूद्वकाे खाेप लगाईने भएकाे हाे ।

आज बेलडाँडी गाउँपालिका स्तरिय खाेप समन्वय सहजिकरण समितिले पालिकामा अभिमुखिकरण कार्यक्रमकाे आयोजना गर्दै यहि फागुन १३ देखि २३ गते सम्म खाेप लगाईने कार्यक्रम रहेकाे बताएकाे हाे ।

पालिकाका ५ वटै वडाका २६ विद्यालय र ५ वटा स्वास्थ्य संस्थाहरूबाट खाेप लगाईने बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताउनु भयाे । उनले भने “खाेप लगाउन हाम्रो स्वास्थ्यकर्मीहरूकाे टाेली परिचालनका लागि तयारी रहेकाे बताउदै सबै  बालवालिकाले नछुटाई खाेप लगाााउन आग्रह गरे ।”

पालिकाका वडा नम्बर-१ का १६ सय १४ जना, वडा नम्बर-२ का २ हजार २१ जना, वडा  नम्बर-३ का १३ सय ३५ जना, वडा नम्बर-४ का ५ सय १३ जना र वडा नम्बर-५ का १३ सय ७६ जना गरि जम्मा ६ हजार ८ सय ५९ जना बालवालिकाहरूलाई दादुरा-रूवेला विरूद्वकाे खाेप लगाईने स्वास्थ्य शाखा प्रमुख भट्टले बताउनु भयाे ।

“हामिले कुनै पनि बालवालिका नछुटाेस भनेर तयारीका साथ खाेप सेवा दिने गरी स्वास्थ्यकर्मी परिचालन गर्ने उनले बताए ।” उहाँले भने `यसमा हाम्रो डाटा बाहेकका भए पनि खाेप लगाईने छ ।´

देशै भरका ७५ जिल्लामा याे खाेप लगाईदै छ ।  २४ जिल्लामा ९ महिना देखि १५ वर्षमुनिका र बाँकी ५१ जिल्लामा ९ महिनादेखि ५ वर्ष भन्दातलका बालबालिकालाई मात्रै खोप लगाइने छ ।

विज्ञापन..

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *