बेलाैरीमा फेरी बाघ, स्थानिय एकजना माथिआक्रमणकाे प्रयास हुँदा घाईते

मुख्य खवर राजनीति विशेष समाचार

बेलाैरी -कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकल सवार स्थानीय व्यक्तिलाई आक्रमण गर्दा एक जना घाइते भएका छन्।

शुक्रबार बेलडाँडी गाउँपालिका-३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाईते भएको प्रहरीले जनाएकाे हाे ।

बेलौरी नगरपालिका-८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको हाे।

यस अघि पनि साे क्षेत्रमा बाघकाे आक्रमणबाट स्थानिय एक महिलालाई मारेकाे थियाे । साे पश्चात् शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे टाेलीले बाघलाई नियन्त्रण गरेेकाे थियाे । यसरी फेरि साे क्षेत्रमा बाघ देखा पर्ज थाले पछि स्थानिय त्रसित बनेका छन् ।

कुण्डा बन डिभिजन प्रमुख दिनेश कुमार यादवले बाघ हाे वा चितुवा त्याे भने याकिन हुन बाकि छ, उनले भने, `साे क्षेत्रमा बाघ देखियाे भन्ने कुरा हामिलाई जानकारी भएकाे र घटना भएकाे समेत बताए ।´

यात्रामा साझ विहान र रातिकाे समयमन सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *