रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्ला भलिबल संघ कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरूष भलिबल प्रतियाेगिता सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई हार्दिक आभार सहित धन्यावाद व्यक्त गरेकाे छ ।
सुदूरपश्चिम प्रदेश खेलकूद परिषदकाे आयोजना तथा कञ्चनपुर भलिबल संघकाे व्यवस्थापनमा जिल्लाकाे महेन्द्रनगर खुला मञ्चमा यहि माघ १४ गतेदेखि २० गते सम्म सञ्चालन भएकाे तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरूष भलिबल प्रतियाेगिता सम्पन्न गर्न सहयाेग गर्नुहुने सबै कञ्चनपुरवासिलाई हार्दिक धन्यावाद सहित आभार व्यक्त गरेकाे हाे ।
आइतबार कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह माैनी र महासचिव उत्तम विष्टद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै धन्यावाद व्यक्त गरिएकाे छ ।
जारी विज्ञप्तिमा भनिएकाे छ, “राष्ट्रिय स्तरकाे खेलकूद प्रतियाेगिता सम्पन्न गर्न सहयाेग गर्नु हुने नेपाल सरकार, सुदूरपश्चिम सरकार, राजनैतिक दल, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्थाहरू, व्यापारी, व्यवसायी, नागरिक समाज, सञ्चार माध्यम, युवा तथा विभिन्न विद्यार्थी संघ संगठनहरू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खेल भव्यताका साथ सम्पन्न गर्न सबैलाई धन्यावाद प्रकट गर्दछाै ।”
आगामि दिनमा पनि यस्तै राष्ट्रिय स्तरमा थप कार्यक्रम सम्पन्न गर्न सबैकाे सहयाेगकाे अपेक्षा समेत राखेकाे कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंंह माैनीले बताए ।
विज्ञप्ति


