नाबालक छोराको हत्या गर्ने सौतेली आमा ‘चाकुरी’ १७ बर्षमा प्रहरीकाे फन्दामा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर- जिल्लाकाे दोधाराचाँदनी नगरपालिकाबाट ज्यान मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन । झण्डै डेढ दशक अघि नाबालक हत्या अभियोगमा फरार अभियुक्त पक्राउ परेका हुन ।
आफ्नै सोतैला नाबालक छोराको हत्या गर्ने आमा पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले ११ बर्षिया राजन रोकाया नाबालक हत्यामा भागेका अभियुक्त सौतेली आमा देवी चाकुरी देवी रोकाया पक्राउ परेको बताए ।

प्रवक्ता डाँगीका अनुसार १६ जेठ ०६३ सालमा सितादेवी रोकायाका नाबालक ११ बर्षिया छोरा रोका राजन रोकायाको धारिलो हतियार प्रहार गरेर भागेकी दोधाराचाँदनी नपा १० की चाकुरी डेढ दशकपछि प्रहरी फन्दामा परेकी हुन ।

प्रवक्ता डाँगीका अनुसार सोही मितिदेखि फरार रहेकी चाकुरी पक्राउका लागि अदालतबाट अनुमती लिएर पक्राउ गरेर कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको बताए ।

सौतेनी आमाको हातबाट मृत्युबरण गरेका नाबालकको हत्यामा ढिलै भएपनि अभियुक्त पक्राउ गरेपछि मृतक परिवारले न्याय पाउने अपेक्षा गरिएको छ । नाबालक राजनका बाबुले दोस्रो विवाह गरेर भित्र्राएपछि जेठी श्रीमतीबाट जन्मिएका छोराको सौतेली आमाले हत्या गरेर भागेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *