महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिवल शुरू, परराष्ट्रमन्त्री साउँदले गरे उद्वाटन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– महेन्द्रनगर स्थित खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको परराष्ट्र मन्त्री एनपी साउँदले उद्धघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री साउँदले कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको बताए ।खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा रहेको बताए।
‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छु, उनले भने, ‘खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ। पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ।’त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले कञ्चनपुरको बहुउदेश्यीय कबर्ड हल निर्माण कार्य अघि बढाइएको बताए ।मन्त्री साउँदले यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारले आगामी दिनमा  ईन्डोरभित्रकै प्रतियोगिता संचालनका लागि बहुउदेश्यीय कबर्ड हल निर्माण भईरहेको बताए ।
यस प्रतियोगिताले थप खेलकुद क्षेत्रको विकास हुने उनले बताए ।नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए। परराष्ट्रमन्त्री साउदले उद्घाटन गरेको प्रतियोगिता आगामी माघ २० गतेसम्म चल्ने छ।पहिलो दिन ८ टिमविच प्रतिस्पर्धा भएको छ । पहिलो दिन तीनै विभागिय टिमको विजयी शुरुवात भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टीमको विजयी शुरुवात भएको हो ।नेपाली सेनाको त्रिभुवन आर्मीको क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–०सेटले हराउँदै विजय यात्रा शुरुवात गरेका हुन । कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको टिमविच प्रतिस्पर्धा भएको थियो । दुवै टिमले १–१ सेट जितेपछि प्रतियोगिता स्थगित गरिएको छ ।सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिहले क्षेत्रको खेलकुद विकासका लासिग प्रतियोगिता आयोजना गरिएको बताए ।
खेलकुद परिषदका सदस्य सचिव सिहले यस अघि दुई पटक धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए ।
उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन
विभागिय गरेर १० टिमको सहभागिता हुनेछ । सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
सुदूरपश्चिम खेलकूद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले प्रतियाेगितमा सहभागिताका लागि सबैलाई अनुराेध गर्नुभयाे । यस्तै उनले प्रदेशमा खेलकूद विकासका लागि आफु तयार रहेकाे बताएका छन् । “हामिले सुपकाे खेलकूद विकासका लागि विशेष याेजनाका साथ अघि बढेकाे समेत बताए ।”कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले उद्घाटनका दिन सबैलाई निःशुल्क प्रवेस गराईएको बताए ।
अध्यक्ष मौनीका अनुसार भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ । युनिफर्ममा आउने विद्यार्थी, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेस गर्न दिईनेछ ।भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले क्षेत्रको बृद्धि विकासका लागि संचालित भएको बताए । प्रतियोगिताबाट संकलन हुने रकम कोष निर्माण गरेर सुदूरबाटै भलिबलकी राष्ट्रिय खेलाडी पल्सरपिपुल्समा छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग गरिनेछ । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले सोमबार बिहान ८ बजेदेखि थप प्रतियोगिता संचालन हुने बताए ।
उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले भलिबल प्रतियोगिताले क्षेत्रकोे बृद्धि विकासमा टेवा पुग्ने बताए । २० माघसम्म संचालन हुने प्रतियोगिताको हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।धेरै बर्षपछि महेन्द्रनगरमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि भलिबलका खेलाडीदेखि खेलकुदप्रेमी उत्साहित भएका छन ।
सशस्त्र प्रहरी बलको टिमबाट भलिबल खेल्दै आएका कञ्चनपुरका स्थानीय समेत रहेका राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र राज गिरीले प्रतियोगिताले खेलाडीको कला प्रर्दशनका लागि अवसर पाएको बताए । उद्घाटनका दिन हजारौँ दर्शकहरुले प्रतियोगिता अवलोकन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *