तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिवलकाे तयारी पुरा, महेन्द्रनगरमा भलिवलकाे उल्लास

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, १३ माघ– कञ्चनपुरको महेन्द्रनगरमा हुने मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

भोली आईतबारदेखि खुला मञ्चमा हुने तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता ०८० को तयारी पुरा भए संगै महेन्द्रनगरमा भलिवलकाे उल्लास छाएकाे हो । यति बेला महेन्द्रनगर भलिवलमय बनेकाे छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्र्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आथित्यमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिहले तयारी पुरा भएको बताए । ‘भोलीदेखि हुने प्रतियोगिताको फिल्ड देखिका आवश्यक तयारी सबै पुरा भएको छ, ‘उनले भने, ‘१०वटै टिमका खेलाडी जिल्ला पुगिसकेका छन ।’

खेलकुद परिषदका सदस्य सचिव सिहले यस अघि दुई पटक धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए । उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता हुनेछ ।

सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतिस्पर्धा हुनेछ । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह माैनीले प्रतियोगिताको तयारीका लागि कोड सहित फिल्ड व्यवस्थापनको कार्य सम्पन्न भईसकेको बताए ।

उनका अनुसार प्रतियोगिता उद्घाटन हुन मात्रै बाँकी रहेको छ । भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ ।

युनिफर्ममा आउने विद्यार्थी, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेस गर्न दिईनेछ । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले क्षेत्रको बृद्धि विकासका लागि संचालित हुने मुख्यमन्त्री भलिबल प्रतियोगिताको भव्य तयारी भईरहेको बताए ।

प्रतियोगिताबाट संकलन हुने रकम कोष निर्माण गरेर सुदूरबाटै भलिबलकी राष्ट्रिय खेलाडी पल्सरपिपुल्समा छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग गरिनेछ ।

प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एव स्वयमसेवकका लागि आयोजकले बस्नेखाने प्रबन्ध मिलाएको बताए ।

नेपाल भलिबल संघका केन्दीय बरिष्ठ उपाध्यक्ष हरक सिह धामीले प्रतियोगिताले क्षेत्रको खेलकुद विकास एव पर्यटनमा भूमिका खेल्ने बताए । उनका अनुसार प्रतियोगिताले क्षेत्रका रहेका भलिबलका थप खेलाडीलाई खेलप्रति उत्साहित गर्ने बताए । सातै प्रदेशबाट उत्कृष्ठ खेलाडी छनौट गरेर राष्ट्रिय टिममा समेत सहभागिताले थप उत्साह जगाएको बताए ।

सरकारले भलिबलाई राष्ट्रिय खेलको घोषित गरेसंगै संघले समेत प्रतियोगिता त्यही अनुरुप अघि बढाईरहेको बताए । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले क्षेत्रको बृद्धि विकासका लागि प्रतियोगिता सम्पन्न गर्न सरोकारवाला सबैले भूमिकामा जोडदिए । १८ माघसम्म संचालन हुने प्रतियोगिताको हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *