महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कर्मचारी भर्ना देखिन अन्य विषयमा कुनै विवाद र आग्रह पुर्वाग्रह नरहेकाे बताएकाे छ । शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलनकाे आयाेवना गर्दै स्वास्थ्यका करार कर्मचारी भर्ना, प्राविधिक फिर्ताकाे विषय, प्रमुख प्रशासिकय अधिकृतकाे जिम्मेवारी र गडविजुला ईको पार्ककाे विषयका सम्बन्धमा कुनै पनि विवाद, आग्रह पुर्वाग्राही नभएको पालिकाले जनाएको हाे ।
पत्रकार सम्मेलनमा कृष्णपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर- २ का वडा अध्यक्ष अर्जुन साँवदले सामाजिक संञ्जाल मार्फत मनोमानी ढंगले पूर्वाग्राही तवरले कर्मचारी भर्ना गर्ने गरेको सहित अन्य नगरवासिलाई अतिरन्जित बनाउने खालका सामाजिक संजालमा स्टाटस लेखेकाे साथै केही मिडियाले भ्रामक समाचार लेखेकाे विषयमा सत्य तथ्य बताउन पत्रकार सम्मेलनकाे आयोजना गरिएकाे पालिकाका प्रवक्ता तथा वडा नम्वर- १ अध्यक्ष मोहन बस्नेतले बताउन भयाे ।
उहाँका अनुसार हामिहरुले विगतको स्थानिय सरकारले निर्माण गरेका कार्यविधी, ऐन, नियम अनुरुप नै कर्मचारीहरु भर्नाका लागि सर्ट लिष्टकाे नतिजा प्रकाशित गरिएकाे बताए । “यसमा कुनै पनि किसिमले आफनो आफन्तहरुलाई भर्ना नगरिएको बताउदै पारदर्शी ढंगले छनाैट कार्य भईरहेकाे बताए ।”
यस्तै उहाँले प्रमुख प्रशासकियकाे जिम्मेवारीका विषयमा पनि भने समाचारमा आए जस्ताे नरहेकाे भन्दै कर्मचारीकाे मान मर्दन हुने शब्द लेखी अपवाह फैलाईएकाे बताए ।
उनले अगाडि भने `पालिकामा दुई जना सिनियर थिए, जसमा लेखा अधिकृत र मान बहादुर केसि सर पशु शाखाका प्रमुख ती मध्ये लेखाले दुवै पद सम्हाल्न नमिल्ने भएकाले संघिय मामलिला मन्त्रालयले दुई महिनाका लागि केसि सरलाई प्रमुख प्रशासिकय अधिकृतकाे जिम्मेवारी दिएर पठाएकाे हाे ।” नगरका धेरै जस्ताे काम हाकिम नभएका कारणले उहाँलाई मनत्रालयले २ महिनाका लागि काम चलाउन जिम्मेवारी दिएर पठाएकाे हाे, उनले भने ।
`पालिकाकाे र कर्मचारीकाे मान मर्दनमा आच पुग्ने शब्द राखि बदनाम गर्ने गरी यहाँ गलत अपवाह फैलाईयाे प्रबक्ता बस्नेतले भने ।´
सामाजिक संजाल र बिभिन्न संचार माधयमहरुमा आएका समाचार अनुसार कुनै पनि काम नभएको सबै प्रक्रियामा टेकेर नै काम भएको उनले दावी गरे, आफनै वडा नम्वर-२ का अध्यक्षले कार्यपालिका वैठकमा कर्मचारी भर्ना गर्नुपर्छ भन्ने, आफै सहमती जनाउने अहिले आएर बिभिन्न सामाजिक संजालमा गएर पालिकोनै बेईज्जत हुने कुरा गर्न नहुने प्रवक्ता बस्नेतले पत्रकार सम्मेलनमा बताए ।
पालिकाको ९ वडामा वटा स्वास्थ्य युनिटमा कर्मचारीको अभाव रहेको अवस्थामा काजमा आएका सबै कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० मसान्त भित्रै काजफिर्ता गर्ने भनेर स्वास्थ्य मन्त्रालयले आदेश दियो, उनले भने, “पछि श्रावण १ गतेदेखी लागु हुनेगरी सबै कर्मचारीहरुलाई बदरबन्दी भएको स्थानमा फिर्ता गरिएको” तर यता स्वास्थ्य जस्तो संवेदनशिल सेवालाई गुणस्तर सेवा दिने बनाउनु पर्ने भएर आर्थिक वर्ष २०८०/८१ को स्वास्थ्य तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कर्मचारी अषाढ मसान्त सम्मका लागी करार सेवामा कर्मचारी भर्ना गर्न भनेर २०८० पौष १८ गते ८ जना हेल्थ असिस्टेन्ट र ६ जना अ.हे.व का लागि विज्ञापन खोलिएको बताउनु भयाे ।
साथै उनले विज्ञापनमा प्रकाशित सुचना बमोजिम कृष्णपुर नगरपालिकाको प्राविधिक कर्मचारी छनौट कार्यबिधी २०७५ अनुसार संक्षिप्त सुची प्रकाशित गरिएको नगर प्रवक्ता बस्नेतले दावीकाे दावि छ ।
यस्तै प्रविधिककाे काज फिर्ताकाे विषयमा पालिकामा जम्मा १३ जना प्रविधिक संख्या रहेकाे ती मध्ये ७ जनालाई जहाँबाट आएका हुन साेसि ठाउँमा फिर्ता पठाउन सम्बन्धित पालिकाले पत्राचार गरेपछि फिर्ता पठाउने निर्णय भएकाे प्रबक्ता बस्नेतले बताउनु भयाे ।
उनले भने “नगरपालिकालाई पनि आवश्यकता भन्दा बढि संख्यामा प्रााविधिक रहेकाले ती स्थाई प्रााविधिक मध्ये ७ लाई जहाँबाट आएका थिए साेहि ठाउँ पठाउने र ६ जना प्रााविधिकलाई नगरपालिकामै राख्ने गरि नगर सभाबाटै निर्णय भए अनुसार कार्य भएकाे बताए ।”
साथै गडविजुला वन क्षेत्रमा ईको पार्क निर्माणको विषयमा रकम अभाव नरहेको र पालिकाको २०७८ चैत्र १६ गते ८९ औँ कार्यपालिका वैठकको निर्णय नम्वर १८ बाट ठेकेदार लाई काम गर्न रोक्न निर्देशन दिने निर्णय भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
साथै कृष्णपुर नगरपालिकाले आई..ई.ई तयार गरी प्रदेश अन्तरगतको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा पठाएको र उक्त स्वीकृत भईसके पछि कार्य संचालन अगाढी बढने जनाईएको छ ।

