रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे सशस्त्र प्रहरी सिमा सुरक्षा बल प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य उकृष्ट गुल्मपति अवार्डकाे पुरूस्कारबाट सम्मानित भएका छन्।
मंगलबार सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलकाे सुदूरपश्चिम मुख्यालय वैजनाथ बाहिनी अत्तरियाले डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्डबाट सम्मानित भएका हुन ।
सुदूरपश्चिम प्रदेश भरीबाट सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका युनिट (प्रस्तावित गुल्म, बिओपी र बेस)मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरीबाटै उत्कृट कार्य सम्पादनमा छनाेट भएकाे बैधनाथ बाहिनी अत्तरीयाले जनाएकाे हाे ।
विज्ञापन

साेहि बमाेजिम भन्सार चाेरी,छली तस्करी नियन्त्रणका साथै उत्कृष्ट कार्य सम्पादन गरेबाफत गुल्मका प्रमुख समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक आचार्य सम्मानित भएकाे बैधनाथ बाहिनी अत्तरियाका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरिक्षक कुमार न्याैपानेले बताउनु भयाे ।
आचार्यलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका हुन।
डिएसपी आचार्यले आफ्नो कार्यकाे विभागले उचित मुल्यांकन गरेर सम्मानित भएकाेमा खुसि व्यक्त गरेका छन् । उनले भने “यसरी सम्मानित भएकाेमा हर्षित भएकाे बताउनु हुदै आगामी दिनमा विभागले सुम्पेकाे जिम्मेवारीलाई थप उकृष्ट रूपमा काम गर्न प्रेेेरणा मिलेकाे बताए ।”


